• ३ साउन २०८३, आइतबार
  • ३:४२ बेलुका

ओलीको टिप्पणी: जेन–जी आन्दोलन दुई दिनको लीला मात्रै हो

प्रकाशित मिति

२०८२ कार्तिक २ गते, आईतवार ०५:११

कात्तिक २,२०८२ काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी आन्दोलनपछि बनेको वर्तमान राजनीतिक अवस्थालाई ‘दुई दिनको लीला’ को संज्ञा दिएका छन्। आइतबार आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले आफूमाथि भइरहेको टिप्पणी, आलोचना र राजनीतिक परिवर्तनप्रति आफू किञ्चित आत्तिन नपर्ने धारणा राखे।

“यो दुई दिनको लीला हो क्या यो, दुई दिनको लीला,” ओलीले भने, “यस्ताको तमासाहरू देखेर, कसले नचाएको छ कठपुतली, त्यही देखेर म अँध्यारो मुख लगाएर बस्छु?”

Kamana Sewa

उनले थपे, “म यो देश बनाउन हिँडेको मान्छे हुँ। १४ वर्षको उमेरदेखि जेन–जी भएर यात्रा सुरु गरेको हुँ। शाही कू देखेको छु, १४ वर्ष जेल बसेको छु, नेल–हतकडी भोगेको छु। अब फेरि यस्तो अप्ठ्यारो आए पनि मलाई दु:ख लाग्दैन।”

Classic Tech Desktop

ओलीले कसैले दु:ख दिँदैमा देशप्रतिको आफ्नो इमान र समर्पण कमजोर नहुने प्रस्ट पारे। उनको यो टिप्पणीले हालको सत्ता संरचना र जनआन्दोलनपछिको राजनीतिक पुनर्संयोजनप्रति असहमति र कटाक्ष झल्काएको छ।

प्रतिकृया