• ४ साउन २०८३, सोमबार
  • १:५२ बिहान

आयोगले बोलाउँदैमा लुरुलुरु बयान दिन्न: अध्यक्ष केपी ओली

प्रकाशित मिति

२०८२ कार्तिक २ गते, आईतवार ०३:४१

कात्तिक २,२०८२ काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू आयोगले बोलाउँदैमा सहजै बयान दिन नजाने स्पष्ट पारेका छन्। आइतबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले आफूलाई सोझो ठान्दै जताततै बोलाउने र बयान दिन लगाउने प्रवृत्तिप्रति आपत्ति जनाए।

“केपी ओली सोझो छ भन्दैमा, आयोगहरू जसले जहाँ बनायो, जसले सोध्यो त्यहाँ लुरुलुरु बयान दिन जान्न ? यस्तो काम केपी ओली गर्दैन,” ओलीले भने। उनले थपे, “म कुनै पनि बयानमा आफैंलाई धोका दिने काम गर्दिन।”

Kamana Sewa

प्रतिकृया