• २० असोज २०८३, मंगलबार
  • १२ः४२ दिउँसो

तिहार पर्व आजदेखि विधिवत् सुरु, आज धनतेरस र यमदीपदान

प्रकाशित मिति

२०८२ कार्तिक १ गते, शनिबार ०७:३३

कात्तिक १,२०८२ काठमाडौं– उज्यालोको पर्व तिहार (यमपञ्चक) आजदेखि विधिवत् रुपमा सुरु भएको छ। दिउँसो १:२३ बजेपछि त्रयोदशी तिथि लागेकाले आज धनतेरस (धनत्रयोदशी) र यमदीपदान मनाइँदैछ।

National Life

धर्मशास्त्रीय मान्यताअनुसार त्रयोदशी साँझ परेमा यमदीपदान सुरु गर्नुपर्ने हुन्छ भने बिहान त्रयोदशी परेमा काग तिहार मनाइन्छ। यसअनुसार काग तिहार आइतबार, कात्तिक २ गते परेको छ।

सोही दिन बिहान नरक स्नान गरी कुकुर तिहार, बेलुकी लक्ष्मीपूजा गरिनेछ। कात्तिक ५ गते गाई, गोरु, गोवद्र्धन पूजा र नेपाल संवत् ११४६ आरम्भ हुनेछ। कात्तिक ६ गते बिहीबार भाइटीका लगाइनेछ, जसको शुभ साइत बिहान ११:३९ बजे रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

तिहारभर बत्ती बाल्ने, देउसी–भैलो खेल्ने र कौडा, लंगुरबुर्जा लगायतका खेलहरू खेल्ने परम्परा रहेको छ। प्रहरीले पटाका नपड्काउन आग्रह गरेको छ।

प्रतिकृया