• २० असोज २०८३, मंगलबार
  • २ः१६ दिउँसो

जेन–जीका माग पुरा गर्न अहोरात्र खटिरहेका छौं : सञ्चारमन्त्री खरेल

प्रकाशित मिति

२०८२ आश्विन ३० गते, बिहीबार ०१:५२

असोज ३०,२०८२ काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन–जी पुस्ताले अघि सारेका माग र आन्दोलनका म्यान्डेट पूरा गर्न सरकार निरन्तर लागिपरेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले भ्रष्टाचारविरुद्ध उठेको जेन–जी आन्दोलनले ल्याएका मुद्दाहरू आगामी पाँच महिनाभित्र सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

National Life

“जेन–जी युवाहरूका माग पूरा गर्नको लागि सुशीला कार्की नेतृत्वको नागरिक सरकारले पाएको म्यान्डेट पुरा गर्न अहोरात्र खटिएका छौं,” मन्त्री खरेलले भने। उनका अनुसार, सरकार सुशासन र पारदर्शिता कायम गर्न गम्भीर रहेको छ। उनले आफ्नो कार्यकालमा ठूला उपलब्धि नहुन सक्ने सम्भावना स्वीकार गर्दै पनि नियतवस कुनै गलत कार्य नगर्ने स्पष्ट पारे।

“अब सञ्चार मन्त्रालयमा मेरो पाँच महिनाको अवधि बाँकी छ। कति गर्न सकिन्छ त्यो त थाहा छैन तर जानेर, बुझेर, नियतवस खराब केही पनि गर्ने छैन। बरु जस्तो गएको थिएँ, त्यस्तै फर्किन्छु,” मन्त्री खरेलले भने।

Classic Tech Mobile
Classic Tech Desktop

उनले जनताको आवाजलाई सुन्ने र त्यसअनुसार काम गर्ने संस्कृति विकास गर्दै देशमा भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।

प्रतिकृया