• २० असोज २०८३, मंगलबार
  • २ः१६ दिउँसो

प्रधानमन्त्री कार्कीको नाममा फेक अकाउन्ट खोल्नेबारे प्रहरीको अनुसन्धान, २६ अकाउन्ट बन्दको प्रक्रिया अघि बढ्यो

प्रकाशित मिति

२०८२ आश्विन ३० गते, बिहीबार ११:१५

असोज ३०,२०८२ काठमाडौं– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नाममा सामाजिक सञ्जालमा फेक अकाउन्ट खोलिएको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। कार्कीको नाममा फेसबुकलगायत विभिन्न सामाजिक सञ्जालमा नक्कली अकाउन्ट बनाएर सूचनाहरू प्रसारण भएपछि प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्दै ती अकाउन्ट नक्कली भएको स्पष्ट पारेको थियो।

National Life

यसपछि केन्द्रीय साइबर ब्यूरोले अनुसन्धान थालेको हो। ब्यूरोका प्रवक्ता एसपी दीपक राज अवस्थीका अनुसार केही व्यक्तिलाई सोधपुछका लागि बोलाइएको छ, तर हालसम्म कोही पक्राउ परेका छैनन्।

साइबर ब्यूरोका अनुसार प्रधानमन्त्री कार्कीको नाममा अहिलेसम्म २६ वटा नक्कली अकाउन्ट फेला परेका छन्। तीमध्ये केही अकाउन्ट बन्द भइसकेका छन् भने बाँकी बन्द गर्नका लागि सम्बन्धित कम्पनीहरूसँग इमेलमार्फत पत्राचार गरिएको जनाइएको छ। प्रहरीले यसलाई गम्भीर साइबर अपराधका रूपमा लिँदै यस्ता गतिविधि रोक्न कडाइका साथ अनुसन्धान अघि बढाइएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया