• २० असोज २०८३, मंगलबार
  • २ः१६ दिउँसो

निर्वाचन आयोगद्वारा राजनीतिक दलहरूसँग आज किन गर्दै छ आज छलफल ?

प्रकाशित मिति

२०८२ आश्विन ३० गते, बिहीबार ०९:५९

असोज ३०,२०८२ काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको तयारी सन्दर्भमा निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्दैछ। आयोगको केन्द्रीय कार्यालय, कान्तिपथमा बिहान साढे ११ बजे सुरु हुने उक्त छलफलमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व रहेका २९ राजनीतिक दललाई आमन्त्रण गरिएको छ।

National Life

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, एक जना वडास्तरीय जनप्रतिनिधि मात्रै रहेका दलहरूलाई समेत पत्राचार गरी छलफलमा सहभागी गराइएको छ। “निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई, चाहे वडास्तरमै प्रतिनिधित्व किन नहोस्, छलफल र राय-सल्लाहका लागि निमन्त्रणा गरिएको हो,” प्रवक्ता भट्टराईले जानकारी दिए।

आजको छलफलमा आयोगले निर्वाचनको तया री, प्रशासनिक कार्यहरू र सम्भावित निर्वाचन तालिकाबारे राजनीतिक दलहरूलाई जानकारी गराउने छ। साथै, आयोगले दलहरूबाट निर्वाचन प्रक्रियालाई थप प्रभावकारी बनाउन सकिने सुझावहरू संकलन गर्ने बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि, गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि फागुन २१ गते निर्वाचन गर्ने निर्णय गरिएको थियो। निर्वाचन आयोगले नयाँ दलहरूलाई कात्तिक मसान्तसम्म दल दर्ता गरी प्रमाणपत्र लिन अनुरोध गरिसकेको छ, ताकि उनीहरूले पनि आगामी निर्वाचनमा सहभागिता जनाउन सकून्।

प्रतिकृया