• २० असोज २०८३, मंगलबार
  • २ः१६ दिउँसो

हर्क साम्पाङसहित तीन दलसँग आयोगले माग्यो थप कागजात

प्रकाशित मिति

२०८२ आश्विन २८ गते, मंगलवार १०:५५

असोज २८,२०८२ काठमाडौं– निर्वाचन आयोगले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र नेपाल नागरिक पार्टीसँग थप कागजात मागेको छ। राजनीतिक दल दर्ताका लागि चार दलले निवेदन दिएका मध्ये तीनवटाको कागजात अपूर्ण पाइएपछि आयोगले स्पष्टिकरण मागेको हो।

National Life

साम्पाङको पार्टीलाई विधान स्पष्ट नभएको भन्दै, उज्यालो नेपाल र नागरिक पार्टीलाई भने पाँच सय सदस्यको हस्ताक्षर नपुगेको भन्दै विवरण माग गरिएको आयोगले जनाएको छ।

यता, जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टीको दर्ता प्रक्रिया भने अगाडि बढेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया