• ४ साउन २०८३, सोमबार
  • २:०६ बिहान

गाजा युद्ध अन्त्यको घोषणा गर्दै ट्रम्प इजरायलतर्फ प्रस्थान, बन्धक आज रिहा हुने

प्रकाशित मिति

२०८२ आश्विन २७ गते, सोमबार १२:३९

असोज २७,२०८२ काठमाडौं– अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्ध अन्त भएको घोषणा गरेका छन्। उनले युद्धविराम स्थायी हुने दाबी गर्दै बन्धक रिहाइको प्रक्रियाबीच इजरायलतर्फ प्रस्थान गरेका हुन्। “अब युद्ध सकिएको छ,” ट्रम्पले एयरफोर्स वान चढ्नु अघि पत्रकारहरूसँग भने, “गाजामा चाँडै ‘शान्ति बोर्ड’ गठन हुनेछ।” अमेरिकी राष्ट्रपतिको आधिकारिक विमानमार्फत उनी इजरायल हुँदै इजिप्ट जाने कार्यक्रम रहेको छ, जहाँ उनले गाजासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनेछन्।

हमाससँगको सहमतिअनुसार आज दिउँसो १२ बजेभित्र इजरायली बन्धकहरू रिहा गरिनेछन्। युद्धविरामको पहल अमेरिकाको सक्रिय मध्यस्थतामा भएको हो। सम्झौताको पहिलो चरणमा इजरायलमा रहेका करिब २,००० प्यालेस्टिनी कैदी तथा बन्दीहरूलाई समेत रिहा गरिनेछ। ट्रम्पले इजरायली संसदमा सम्बोधन गर्ने, प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र बन्धकका परिवारहरूसँग भेट्ने कार्यक्रम तय गरिएको छ।

Kamana Sewa

त्यसपछि उनी गाजाको पुनर्निर्माण र दीर्घकालीन शान्ति स्थापनाबारे छलफल गर्न २० भन्दा बढी देशका नेताहरूको उपस्थितिमा हुने सम्मेलनमा सहभागी हुन इजिप्ट प्रस्थान गर्नेछन्। यसैबीच, संयुक्त राष्ट्रसंघले इजरायलबाट हालसम्म १,९०,००० मेट्रिक टन मानवीय सहायता गाजामा पठाइसकेको जानकारी दिएको छ। यूएनले यसलाई ‘महत्त्वपूर्ण आपूर्तिको सुरुवात’ मानेको छ।

Classic Tech Desktop

प्रतिकृया