• ४ साउन २०८३, सोमबार
  • २:०७ बिहान

इजरायलमा बन्धक बनाइएका नेपाली युवा विपिन जोशीजीवित नरहेको जानकारी

प्रकाशित मिति

२०८२ आश्विन २७ गते, सोमबार १२:३०

असोज २७,२०८२ काठमाडौं– इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका कञ्चनपुरका विपिन जोशी अब जीवित नरहेको इजरायली सेनाले पुष्टि गरेको छ। इजरायली डिफेन्स फोर्स (IDF) का एक अधिकारीले आइतबार बिहान ७:३० बजे इजरायली समयअनुसार विपिनको मृत्युको औपचारिक जानकारी दिएका हुन्।

उक्त जानकारी इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका दाजु किशोर जोशी र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीहरूलाई भिडियो कन्फरेन्समार्फत दिइएको थियो।

Kamana Sewa

अमेरिकाको पहलमा इजरायल र हमासबीच युद्धविराम भएपछि आइतबार हमासको नियन्त्रणमा रहेका बन्धकहरू रिहा गर्ने कार्यक्रम रहेको थियो। तर रिहा गर्न लागिएका २० जनाको सूचीमा विपिनको नाम थिएन।

Classic Tech Desktop

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा विपिन बन्धकमा परेका थिए। सो आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो। हमास लडाकुहरूले विपिनलाई जीवितै अपहरण गरेर लगेका थिए।

प्रतिकृया