• २० असोज २०८३, मंगलबार
  • ४ः१६ बेलुका

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईद्वारा राजीनामा

प्रकाशित मिति

२०८२ आश्विन ८ गते, बुधबार ०५:२२

असोज ८, २०८२ काठमाडौं–  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी अध्यक्षबाट राजीनामा दिएका छन्। उनले बुधबार काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा आफ्नो राजीनामा पेश गरेका हुन्। बैठकले केन्द्रीय समिति भंग गर्दै पार्टीलाई विशेष महाधिवेशनमार्फत पुनः संरचना गर्ने निर्णय गरेको छ।

National Life

बैठकले महाधिवेशनका लागि आयोजक समिति गठन गर्ने निर्णयसमेत गरेको छ। स्रोतका अनुसार, वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई आयोजक समिति संयोजकमा तोक्ने तयारी गरिएको छ।

राजीनामाको कारणबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। तर, पार्टीभित्रको आन्तरिक पुनर्संरचना र नेतृत्व हस्तान्तरण प्रक्रिया अगाडि बढाउने प्रयासस्वरूप भट्टराईले राजीनामा दिएको बुझिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया