• ४ साउन २०८३, सोमबार
  • ३:२७ बिहान

सन नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट बीमा सेवा र प्रतिफल दिने प्रतिवद्धता

प्रकाशित मिति

२०८२ आश्विन ६ गते, सोमबार ०८:१२

असोज ६, २०८२ काठमाडौं–  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । २०७४ साल आजकै दिन अर्थात असोज ६ गतेबाट औपचारिक कारोबार सुरु गरेको सन नेपाल लाइफ इन्स्योरेन्सले आज आठौं वार्षिकोत्सव सम्पन्न गरेको हो ।

आठौं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप प्रतिफल दिने प्रतिबद्धता जनाएको छ । गौरवपूर्ण आठ वर्ष पुरा गरेको अवसरमा कम्पनीले अत्याधुनिक र विश्वसनीय जीवन बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ ।

Kamana Sewa

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले कम्पनी वित्तीय रुपमा बलियो बन्दै गएको बताएका छन् । उनले भने, ‘सन नेपाल लाइफ इन्स्योरेन्सले करिव एक दशकदेखि देशका दुर–दराजमा जीवन बीमा सेवा उपलब्ध गराउनुको साथै आम नागरिकलाई आवश्यक रहने उत्कृष्ट बीमालेख र राइडर सेवा समेत सञ्चालनमा ल्याएको छ ।’ सन नेपाल लाइफ इन्स्योरेन्सले ल्याएको ‘सन मेडियर’ जीवन बीमा क्षेत्रकै उत्कृष्ट राइडर सुविधा रहेको उनले बताए ।

Classic Tech Desktop

सातै प्रदेशमा कम्पनीले मुलुक भरी जम्मा १४६ कार्यालयहरु, ३६२ कर्मचारीहरु तथा ४०,९७६ अभिकर्तामार्फत जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ । हाल यस कम्पनीको चुक्ता पूँजी रकम पाँच अर्ब तीन करोड ११ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा दुई अर्ब २३ करोड रुपैयाँ तथा जीवन बीमाकोषमा १० अर्ब १० करोड रुपैयाँ  सञ्चित रहेको छ । कम्पनीको नेट वर्थ रकम १५४.३५ रुपैयाँ रहेको छ र सो आधारमा कम्पनीको जोखिम धारण गर्ने क्षमता वृद्धि हुँदै गएको कम्पनीले जनाएको छ ।

प्रतिकृया