बस दुर्घटना हुँदा पाँच जना घाइते
प्रकाशित मिति
२०७६ आश्विन १२ गते, आईतवार ०३:०३
धादिङ, धादिङमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।आइतबार बिहान नेत्रावती डवजोङ गाउँपालिका सेमजोङबाट धादिङबेंसीका लागि छुटेको बा ४ ख ५७९३ नम्बरको बस केराम्जामा दुर्घटना भएको छ ।

बस तिब्र गतिमा भएकाले अनियन्त्रित भई सडकबाट करिव एक सय मिटर तल बस खसेको थियो। बसका चालक र सहचालक दुर्घटना पछि फरार रहेका छन् भने उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घाइते हुनेमा नेत्रावती डबजोङ ५ का ५८ वर्षीय दल बहादुर तामाङ, सोही ठाउँ बस्ने ६९ वर्षीया हस्त कुमारी तामाङ, २० वर्षीया लक्ष्मी गुरुङ, ४५ वर्षका चेन्डे दमाई र ६० वर्षकी शान्तमाया गुरुङ रहेका छन् । घाइते भएका सबैको उपचार जिल्ला अस्पताल धादिङमा भइरहेको प्रहरीले जनाएको छ ।

Related
Recent News
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
- शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा ३९औँ कलेजो प्रत्यारोपण सफल
- सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने गरिमा बैंकको प्रस्ताव
- क्लासिक टेकद्वारा पुरानै मूल्यमा नयाँ स्पिड, अब १२५ एमबीपीएस इन्टरनेट मासिक रु. ५५३ मै!
- सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडान दोब्बरभन्दा बढी
- नबिल बैंकले प्रस्ताव गर्यो १५.८० प्रतिशत लाभांश
- बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो
- यस्तो छ आजको मौसम
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया