• १६ असोज २०८३, शुक्रबार
  • ४ः४६ बेलुका

दैनिक उपभोग्य सामग्री र पेट्रोलियम पदार्थको अभाव छैन : उद्योग मन्त्रालय

प्रकाशित मिति

२०८२ भाद्र ३१ गते, मंगलवार १०:०७

भदौ ३१,२०८२ काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य सामग्री र पेट्रोलियम पदार्थको अभाव नभएको जनाएको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै उपभोग्य वस्तुको माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पर्न नदिन तथा अत्याधिक वस्तु अनावश्यक सञ्चित नगर्न सबैलाई आग्रह गरेको छ। बजार अनुगमनलाई प्रभावकारी बनाइने र उपभोक्ता अधिकार हनन गर्ने वा आपूर्ति शृङ्खलामा अवरोध पुर्‍याउनेविरुद्ध कडाइका साथ कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।

National Life

आसन्न चाडपर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत देशभर १५३ स्थानमा आजदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिएको पनि मन्त्रालयले जनाएको छ।

यस्तै, हाल मुलुकमा उत्पन्न विशेष परिस्थितिबाट उद्योग, वाणिज्य, व्यापार तथा आपूर्ति क्षेत्रमा परेको प्रभावबारे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरिएको सहसचिव एवं प्रवक्ता जीतेन्द्र बस्नेतले जानकारी दिए। छलफलमा सरकारी संरचना र निजी व्यावसायिक संस्थामा भएको आगजनी, तोडफोड र क्षतिको एकीकृत विवरण तयार गर्ने, औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गर्ने, लगानी संरक्षण तथा प्रवर्द्धन गर्ने र क्षतिग्रस्त संरचनाको पुनःस्थापनाबारे पनि विचार विमर्श भएको उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया