• १५ असोज २०८३, बिहीबार
  • २ः४३ दिउँसो

असोजमा ८ वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाए

प्रकाशित मिति

२०८२ भाद्र ३१ गते, मंगलवार ०९:३४

भदौ ३१,२०८२ काठमाडौं – नेपालमा सञ्चालित वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर निरन्तर घटाउने क्रमलाई असोज महिनामा पनि जारी राखेका छन्। नेपाल बैंकर्स संघमा पेस भएका विवरणअनुसार असोज महिनाको लागि ८ बैंकले ब्याजदर घटाएका छन् भने १० बैंकले यथावत राखेका छन्।

National Life

असोज महिनामा स्ट्याण्डर्ड चार्टड बैंक र लक्ष्मी सनराइज बैंकले भने मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढाएका छन्। ब्याजदर घटाउनेमा हिमालयन बैंक, एनआइसी एशिया बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंक परेका छन्।

विशेष गरी, कृषि विकास बैंकले ०.१८ प्रतिशत, एनआइसी एशिया बैंकले ०.२५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.५० प्रतिशत, नेपाल बैंकले ०.१५ प्रतिशत, कुमारी बैंकले ०.२ प्रतिशत, नेपाल एसबिआई बैंकले ०.२७ प्रतिशत र एभरेष्ट बैंकले ०.५० प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

विगत केही महिनादेखि तरलता स्थिति सहज बन्दै गएकाले बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर क्रमिक रुपमा घटाउँदै आएका छन्।

प्रतिकृया