• २२ भदौ २०८३, सोमबार
  • १ः२३ राती

सशस्त्र प्रहरीमा ठूलो संख्यामा नयाँ भर्ना, ८४६ पदमा दरखास्त आह्वान(सूचनासहित)

प्रकाशित मिति

२०८२ भाद्र ६ गते, शुक्रबार ०८:४९

भदौ ६,२०८२ काठमाडौं –  सशस्त्र प्रहरी बल नेपालले एकै पटक ठूलो संख्यामा नयाँ भर्ना खुलाएको छ। सशस्त्र प्रहरी बल मानव स्रोत विभागले शुक्रबार सूचना जारी गर्दै सशस्त्र प्रहरी जवान, भान्से, कुचिकार, सूचीकार, केशकर्तक र चर्मकर्मी पदका लागि दरखास्त आह्वान गरेको हो।

National Life

साधारण समूह तथा साधारण उप–समूहअन्तर्गत रिक्त पद पूर्तिका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ। सशस्त्र प्रहरी जवान पदमा मात्रै ८७६ जना माग गरिएको छ। त्यस्तै, भान्से २६, कुचिकार १०, सूचीकार १३, केशकर्तक १० र चर्मकर्मी १ जना गरी कुल ८४६ पद खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी असोज ५ गतेसम्म दरखास्त दिन सक्ने सशस्त्र प्रहरीले जनाएको छ।

हेर्नुस् सूचना

Classic Tech Desktop

प्रतिकृया