• २८ भदौ २०८३, आइतबार
  • २ः५३ दिउँसो

मेडिकल कलेज सञ्चालकको धम्की ‘मन्त्री नै हटाइदिन्छौं’

प्रकाशित मिति

२०७६ आश्विन १० गते, शुक्रबार १०:४७

काठमाडौं, निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले हाकाहाकी सरकारले तोकेको भन्दा प्रतिव्यक्ति ७ लाख रुपियाँ बढी शुल्क लिएको स्विकारेका छन्। यतिमात्र हैन उनीहरूले शुल्क फिर्ता गर्न बाध्य पारे शिक्षामन्त्री नै हटाइदिने धम्की दिएका छन्।

National Life

रिपोटर्स क्लबमा बिहीबार आयोजित अन्तरक्रियामा निजी मेडिकल कलेजहरूको सचिवसमेत रहेका नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्माले सरकारले ४२ लाख ४५ हजार शुल्क तोके पनि आफूहरूले ४९ लाख ९० हजार शुल्क लिएको स्विकार्दै धम्की दिए– ‘विश्वविद्यालयका डीनकै सल्लाहमा बिल काटेर लिएका हौं। हामीले गरेअनुसार नभए शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई नै हटाइदिन्छौं।’

सोही अवसरमा एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज अफ नेपालका अध्यक्ष बसुरुद्धिन अन्सारीले यथास्थितिमा एमबीबीएस तथा बीडीएसमा विद्यार्थी भर्ना नलिने बताउँदै भने– ‘सरकारले एमबीबीएसमा उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार तथा बीडीएसमा १९ लाख ३२ हजार ६१२ रुपैयाँ शुल्क तोकेको छ। यो शुल्कमा सरकार आफैले पढाएर देखाओस्।’ नेपाल समाचारपत्रबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया