• ३ असोज २०८३, शनिबार
  • १०ः२१ बिहान

ग्लोबल आइएमई बैंकको वार्षिक नाफा ६ अर्ब २० करोड, वितरणयोग्य नाफा कति ?

प्रकाशित मिति

२०८२ श्रावण २८ गते, बुधबार ०९:५१

श्रावण २८,२०८२ काठमाडौं —ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म ६ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा कमाएको छ। अघिल्लो वर्षको समान अवधिमा ६ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको बैंकको मुनाफा यस वर्ष १.१० प्रतिशतले वृद्धि भएको हो।

National Life

अघिल्लो वर्ष १६ अर्ब ८५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत वर्ष १६ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेको छ। कुल आम्दानी भने २० अर्ब ६५ करोड रुपैयाँबाट बढेर २१ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।

तर बैंकको सञ्चालन नाफा २.७५ प्रतिशत घटेर ८ अर्ब ७७ करोड रुपैयाँमा झरेको छ। प्रतिशेयर आम्दानी (EPS) पनि १६.९९ रुपैयाँबाट घटेर १६.२८ रुपैयाँमा पुगेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

चुक्ता पूँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा २४ अर्ब १० करोड रुपैयाँ छ। वितरणयोग्य नाफा अघिल्लो वर्षको ५० करोड ६७ लाख रुपैयाँबाट ९६१.६० प्रतिशतले बढ्दै ५ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा ४.१७ प्रतिशतबाट बढेर ४.८७ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७७.६३ रुपैयाँ कायम भएको छ। बैंकले ४ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेर ५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

प्रतिकृया