नेपाल इन्स्योरेन्सको हकप्रद आवेदन म्याद भदौ २ सम्म लम्बियो
प्रकाशित मिति
२०८२ श्रावण २६ गते, सोमबार ११:२१
श्रावण २६,२०८२ काठमाडौ —नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद लम्बिएको छ। कम्पनीले साउन ६ गतेदेखि निष्कासन गरेको हकप्रदमा प्रारम्भिक समयसीमा साउन २६ गतेसम्म तोकिएको थियो। तर मागअनुसार आवेदन नपरेपछि म्याद भदौ २ गतेसम्मका लागि बढाइएको हो।
कम्पनीले हाल कायम १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँ चुक्तापूँजीको आधारमा १०ः३.४७८ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो।

लगानीकर्ताले एनआइएमबी एस क्यापिटलको लाजिम्पाट, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगर शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, सीडीएससीको ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ।

यस हकप्रदको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले निष्कासन प्रयोजनका लागि जेठ ३० गते बुक क्लोज गरेको हो, जसअनुसार जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भइ नाम दर्ता भएका सेयरधनी मात्र आवेदन दिन योग्य छन्।
नेपाल धितोपत्र बोर्डबाट जेठ ७ गते स्वीकृति प्राप्त गरिएको यस हकप्रदबारे कम्पनीले प्रारम्भिक रूपमा १०ः४ अनुपात प्रस्ताव गरे पनि बोर्डको निर्देशनपछि अनुपात घटाएर १०ः३.४७८ मा सीमित गरेको हो।




प्रतिकृया