• १२ असोज २०८३, सोमबार
  • ११ः२९ राती

एभरेष्ट बैंकको नाफामा ३२.८प्रतिशत वृद्धि, लाभांश क्षमता ३८.२७प्रतिशत

प्रकाशित मिति

२०८२ श्रावण २६ गते, सोमबार ११:०६

श्रावण २६,२०८२ काठमाडौ — एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा ४ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी वितरणयोग्य मुनाफा आर्जन गर्दै ३८.२७ प्रतिशतको लाभांश क्षमता कायम गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको २८.०६ प्रतिशत लाभांश क्षमताभन्दा २६.६७ प्रतिशतले वृद्धि हो।

National Life

समीक्षा अवधिमा बैंकको चुक्तापूँजी १२ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ भने खूद नाफा अघिल्लो वर्षको ३ अर्ब ७० करोडबाट बढेर ४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ, जुन ३२.८० प्रतिशतको वृद्धि हो। नाफामा सुधारसँगै प्रतिसेयर आम्दानी पनि ३१.४७ रुपैयाँबाट बढेर ३७.९९ रुपैयाँ पुगेको छ।

अघिल्लो वर्ष ५ अर्ब ६६ करोड रुपैयाँमा सीमित सञ्चालन मुनाफा बढेर ७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, खूद ब्याज आम्दानी ७ अर्ब ६४ करोड रुपैयाँबाट बढेर ९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। बैंकले निस्क्रिय कर्जा ०.७१ प्रतिशतबाट घटाएर ०.३८ प्रतिशतमा झारेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

रिटर्न अन इक्वीटी (ROE) १३.९३ प्रतिशतबाट बढेर १६.४४ प्रतिशत पुगेको छ भने प्रतिसेयर नेटवर्थ रु. २३६.२८ बाट बढेर रु. २४७.३९ मा पुगेको छ। समीक्षा अवधिसम्म बैंकको कुल निक्षेप २ खर्ब ९८ अर्ब ८१ करोड र कुल कर्जा प्रवाह २ खर्ब १३ अर्ब ६२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप २ खर्ब ३२ अर्ब ३१ करोड र कर्जा १ खर्ब ७८ अर्ब २१ करोड थियो।

बैंकको कस्ट अफ फण्ड अघिल्लो वर्षको ५.६४ प्रतिशतबाट घटेर ३.८७ प्रतिशतमा सीमित भएको छ भने आधार दर ८.१३ प्रतिशतबाट घटेर ५.२७ प्रतिशतमा पुगेको छ। समीक्षा अवधिमा तरलता अनुपात ३८.९४ प्रतिशत, सम्पत्तिमा प्रतिफल १.४९ प्रतिशत र पीई अनुपात १८.४७ गुणा

प्रतिकृया