• २० असोज २०८३, मंगलबार
  • ७ः२० बेलुका

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति

२०८२ श्रावण १९ गते, सोमबार ०९:३७

श्रावण १९, २०८२ काठमाडौं –  हाल देशभर मनसुनी वायुको प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानको तुलनामा उत्तरतर्फ सरेको र नेपाल नजिकैको तराई क्षेत्रमा सक्रिय भएको महाशाखाको विश्लेषण छ।

National Life

सोमबार बिहान मधेश प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशका तराई भूभागहरूमा पनि वर्षा जारी रहेको जनाइएको छ। दिउँसो देशभर सामान्यतया बदली रहने र अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान छ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ।

रातको समयमा पनि देशभर सामान्य बदली रहनेछ भने कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा र बागमती, गण्डकी तथा लुम्बिनीका थोरै स्थानहरूमा भारीदेखि अत्यधिक वर्षा हुने सम्भावना रहेको उल्लेख गरिएको छ। महाशाखाले लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया