• २१ असोज २०८३, बुधबार
  • २ः३९ राती

माबिलुङ इनर्जीको आईपीओ साउन २६ गतेदेखि खुल्दै, क-कसले भर्न पाउने ?

प्रकाशित मिति

२०८२ श्रावण १९ गते, सोमबार ०९:४५

श्रावण१९, २०८२ काठमाडौं – माबिलुङ इनर्जी कम्पनी लिमिटेडले साउन २६ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति लिएर आईपीओ निष्कासन प्रक्रिया अघि बढाएको हो।

National Life

कम्पनीको कुल जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँमध्ये ४८.९९ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्न लागेको हो। यसअघि कम्पनीले आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख ८५ हजार ८२४ कित्ता र विदेशमा रहेका नेपालीहरूका लागि १ लाख ५० हजार ४७१ कित्ता सेयर निष्कासन गरिसकेको छ।

अब बाँकी रहेको १३ लाख ५४ हजार २३५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गर्न लागिएको हो। तीमध्ये ३० हजार ९५ कित्ता कर्मचारीहरूका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। यो सेयरमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ ९ गतेसम्म आवेदन खुला रहनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

यस आईपीओको बिक्री व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ। इच्छुक लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू वा मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

प्रतिकृया