• २४ भदौ २०८३, बुधबार
  • ३ः४६ दिउँसो

क्यानडामा रोजगारी दिलाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

प्रकाशित मिति

२०८२ श्रावण १० गते, शनिबार १०:१५

श्रावण १०,२०८२ काठमाडौं ।  विदेशमा आकर्षक तलबसहित रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति गोरखा जिल्लाको पालुङटार नगरपालिका–२ का स्थायी बासिन्दा ३७ वर्षीय रविन आचार्य हुन्, जो हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ मा बसोबास गर्दै आएका छन्।

National Life

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आचार्यले क्यानडामा आकर्षक रोजगारी दिलाइदिने लोभ देखाउँदै दुई जना व्यक्तिसँग कुल ६५ लाख ९७ हजार रुपैयाँ ठगी गरेका थिए। पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको सामाखुशी क्षेत्रबाट पक्राउ गरेको हो।

प्रहरीले उनीविरुद्ध ठगी सम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको जनाएको छ। प्रहरीले विदेश रोजगारीको नाममा हुने यस्ता किसिमका ठगीबाट सजग रहन सर्वसाधारणलाई आग्रहसमेत गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया