• २३ भदौ २०८३, मंगलबार
  • ८ः१६ राती

राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

प्रकाशित मिति

२०८२ श्रावण ९ गते, शुक्रबार ०४:५६

श्रावण ९,२०८२ काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड नोट छपाइ तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको छ। शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले सुरक्षित तरिकाले नोट छपाइ गर्न इच्छुक कम्पनीहरूसँग प्रस्ताव मागेको हो।

National Life

बोलपत्र ‘सिङ्गल स्टेज टु इनभेलप’ प्रणालीबाट पेश गर्नुपर्नेछ, जसअन्तर्गत प्राविधिक प्रस्ताव र मूल्य प्रस्ताव छुट्टाछुट्टै रूपमा बुझाउनुपर्नेछ। बोलपत्र बुझाउने अन्तिम मिति २०८२ साल भदौ २३ गते तोकिएको छ। राष्ट्र बैंकले छपाइ कार्य सुरक्षित र गुणस्तरीय बनाउन अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट योग्य कम्पनी छनोट गर्ने जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया