क्यानडामा रोजगारी दिलाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
प्रकाशित मिति
२०८२ श्रावण १० गते, शनिबार १०:१५
श्रावण १०,२०८२ काठमाडौं । विदेशमा आकर्षक तलबसहित रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति गोरखा जिल्लाको पालुङटार नगरपालिका–२ का स्थायी बासिन्दा ३७ वर्षीय रविन आचार्य हुन्, जो हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ मा बसोबास गर्दै आएका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आचार्यले क्यानडामा आकर्षक रोजगारी दिलाइदिने लोभ देखाउँदै दुई जना व्यक्तिसँग कुल ६५ लाख ९७ हजार रुपैयाँ ठगी गरेका थिए। पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको सामाखुशी क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीले उनीविरुद्ध ठगी सम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको जनाएको छ। प्रहरीले विदेश रोजगारीको नाममा हुने यस्ता किसिमका ठगीबाट सजग रहन सर्वसाधारणलाई आग्रहसमेत गरेको छ।

Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ



प्रतिकृया