• २२ भदौ २०८३, सोमबार
  • १ः०३ राती

दरमखोला हाईड्रो इनर्जीको आईपीओ सर्वसाधारणलाई बिक्रीमा

प्रकाशित मिति

२०८२ श्रावण ८ गते, बिहीबार ११:२८

श्रावण ८,२०८२ काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ।

National Life

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो। यसअन्तर्गत आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता आईपीओ बिक्री गरिसकेको छ।

अब बाँकी शेयरमध्ये सामूहिक लगानी कोषलाई १ लाख ४५ हजार ९७५ कित्ता र कर्मचारीलाई ५८ हजार ३९० कित्ता सुरक्षित गरिएको छ। बाँकी २४ लाख २३ हजार १८५ कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरिएको हो। सर्वसाधारणले यो आईपीओमा कम्तीमा १० कित्ता र बढीमा ५० हजार कित्ता सम्म आवेदन दिन सक्नेछन्। आवेदन साउन १५ गतेदेखि १९ गतेसम्म दिन सकिनेछ। दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

Classic Tech Desktop

प्रतिकृया