• २ असोज २०८३, शुक्रबार
  • ४ः५१ बेलुका

चाँगुनारायण नगरपालिकाद्वारा पशुपन्छी पालक कृषकहरू सम्मानित

प्रकाशित मिति

२०८२ श्रावण १ गते, बिहीबार ०४:३४

साउन १,२०८२ काठमाडौं । चाँगुनारायण नगरपालिकाले पशुपन्छी पालन व्यवसायमा सक्रिय उत्कृष्ट कृषकहरूलाई सम्मान गरेको छ। बुधबार नगरपालिका अन्तर्गतको पशुपन्छी विकास शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा कृषकहरूलाई प्रमाणपत्र, दोसल्ला र नगदसहित सम्मान गरिएको हो।

National Life

सम्मान कार्यक्रममा नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठ, तथा सामाजिक विकास समितिका संयोजक एवं नगर प्रवक्ता जनक खत्रीको उपस्थितिमा कृषकहरूलाई सम्मान प्रदान गरिएको थियो। ब्यवसायीक भैसी पालना फार्म तर्फ वडा नंं ९ स्थित कृष्ण कृषि फर्मका विमला न्हेमाफुकी, वडा नंं ७ स्थित बाल्मिकी पशुपालन तथा कृषि फर्मतर्फ तारा देवी श्रेष्ठ र वडा नंं २ स्थित प्रधान कृषि फर्मका प्रदिप प्रधानलाई सम्मान गरिएको हो ।

त्यस्तै, ब्यवसायीक गाईपालन तर्फ वडा नंं ९ स्थित कालिमष्ट कृषि फर्मका सन्जोग खड्का, वडा नंं ८ स्थित लक्ष्मी पशुपालन एण्ड कृषि फर्मको तर्फबाट दत्तु प्रसाद तमिल्सिना र वडा नंं ८ स्थित सम्पूर्ण कृषी फर्मको तर्फबाट समुन श्रेष्ठ सम्मानीत भए । बाख्रा, भेडा पालनतर्फ वडा नंं २ स्थित बीलाता कृषि तथा पशुपालन फर्मकी रीता खडका, कुखुरा, कालिज पालनतफ वडा नंं ४ स्थित पोटेभैरभ पोल्टी फर्मका अनिल ढुंंगाना, बहुउद्देश्यीय सहकारी तर्फ वडा नंं ३ स्थित दिपज्योति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था, दुध उत्पादन, संकलन तथा प्रशोधन तर्फ वडा नंं ७ स्थित श्रीसन दुध संकलन डेरीका श्रीराम श्रेष्ठ र घाँस खेतीतर्फ वडा नंं ९ स्थित उत्कृष्ठ उग्रिकल्चर रिसर्च प्रा.लिका भानुभक्त पराजुली सम्मानीत भए।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा नगर प्रमुख खत्रीले पशुपन्छीपालन व्यवसाय चाँगुनारायण नगरपालिकाको कृषि सशक्तिकरणको मेरुदण्ड भएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिकृया