• ५ साउन २०८३, मंगलबार
  • ४:३७ बेलुका

सालवारी हेरिटेज होम्स’ परियोजना प्रधानमन्त्री ओलीद्वारा उद्घाटन, सांस्कृतिक र पर्यटकीय गन्तव्य बन्ने लक्ष्य

प्रकाशित मिति

२०८२ असार ३२ गते, बुधबार ११:०४

असार ३२,२०८२ काठमाडौं । अल्फाविटा ग्रुपले झापाको अर्जुनधारा नगरपालिका–१० स्थित सालवारी क्षेत्रलाई सांस्कृतिक तथा पर्यटकीय गन्तव्यमा रूपान्तरण गर्ने लक्ष्यसहित ‘सालवारी हेरिटेज होम्स’ परियोजना औपचारिक रूपमा प्रारम्भ गरेको छ।

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको विशेष समारोहमार्फत परियोजनाको उद्घाटन गरिएको हो। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्य प्रमुख अतिथि थिए।

Kamana Sewa

समारोह अल्फाविटा ग्रुपका अध्यक्ष द्विराज शर्माको अध्यक्षतामा सम्पन्न भयो भने संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

Classic Tech Desktop

यो परियोजना झापा आन्दोलनको ५० वर्षको स्मृतिमा समर्पित गरिएको छ। सालवारी स्थललाई झापा आन्दोलनका सहिदहरूको योगदान र क्रान्तिकारी इतिहासको प्रतीकका रूपमा विकास गरिनेछ। परियोजनाअन्तर्गत १० कोठे आधुनिक भवन, स्विमिङ पुल, झापा आन्दोलनसम्बन्धी संग्रहालय र प्रदर्शनी क्षेत्र निर्माण हुनेछन्। संग्रहालयमा आन्दोलनका प्रमुख घटनाक्रम र सहिदहरूको योगदान झल्काउने सामग्री समेटिनेछ।

अल्फाविटा ग्रुपले सालवारी हेरिटेज होम्सलाई पर्यटनसँगै सामाजिक र आर्थिक विकासको केन्द्र बनाउने रणनीति लिएको छ। यस परियोजनाबाट कृषि, शिक्षा, ऊर्जा, स्वरोजगार, तालिम तथा रोजगारी सिर्जना जस्ता क्षेत्रमा लगानी गरी स्थानीय स्तरमा दीर्घकालीन प्रभाव पार्ने लक्ष्य रहेको बताइएको छ।

प्रतिकृया