• २१ असोज २०८३, बुधबार
  • ४ः४६ बिहान

अर्थमन्त्री पौडेलद्वारा वैकल्पिक विकास वित्त परिचालनको घोषणा

प्रकाशित मिति

२०८२ असार ३१ गते, मंगलवार ०६:२७

असार ३१,२०८२ काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधारका ठूला आयोजना निर्माणका लागि वैकल्पिक विकास वित्त परिचालन गर्ने घोषणा गरेका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले उक्त योजना सार्वजनिक गरेका हुन्।

National Life

उनका अनुसार वैकल्पिक विकास कोष ऊर्जा विकास, विद्युत उत्पादन, प्रसारण तथा वितरणका साथै सडक, सुरुङमार्ग, औद्योगिक पूर्वाधार, शहरी विकास, डाटा सेन्टर, केबुलकार, पोडवे निर्माण र सञ्चालनमा प्रयोग गरिनेछ।

अर्थमन्त्री पौडेलले स्वदेश तथा विदेशी लगानीमार्फत उच्च प्रतिफल दिने आयोजनामा लगानी गरे पूर्वाधार निर्माणका लागि स्रोतको अभावको समस्या समाधान हुने विश्वास व्यक्त गरे।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले संसदमा पेस गरेको ‘वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक’ले राष्ट्रिय प्राथमिकताका आयोजनामा स्रोत जुटाउने, लगानीको खाडल पूर्ति गर्ने र सार्वजनिक ऋणमा परेको चाप कम गर्ने लक्ष्य लिएको छ। साथै, यसले दीर्घकालीन लगानी सुनिश्चित गर्दै रोजगारी सिर्जना र दिगो विकासमा टेवा पुग्ने अर्थमन्त्रीको भनाइ छ।

प्रतिकृया