भक्तपुर मालपोत कार्यालयका प्रमुख कुमार आचार्य २४ लाख ५० हजार घुस रकमसहित पक्राउ
प्रकाशित मिति
२०८२ असार ३१ गते, मंगलवार ०८:२५
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्यसमेत ३ जनालाई घुसरकम सहित पक्राउ गरेको छ । भक्तपुर, चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ २४ लाख ५० हजार घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट टोली खटिएको थियो ।
उक्त टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्यको साथबाट मोवाइल डिभाइस २ थान र भूमिसुधार शाखाका नायब सुब्बा दिपकप्रसाद अधिकारीको साथबाट मोबाइल १ थान तथा कार्यालय सहयोगी टिकाराम राउतको साथबाट मोवाइल १ थानसहित घुस रकम २४ लाख ५० हजार समेत कार्यालय परिसरबाट आज नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाएका छन् ।







प्रतिकृया