• २१ असोज २०८३, बुधबार
  • ४ः४७ बिहान

पूर्व राष्ट्रपति भण्डारीको संसद् विघटन बचाउ

प्रकाशित मिति

२०८२ असार ३१ गते, मंगलवार ०६:१५

असार ३१,२०८२ काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कार्यान्वयन गरेका संसद् विघटनका निर्णयको बचाउ गरेकी छन्। मंगलबार राजधानीमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले तत्कालीन मन्त्रिपरिषद्को निर्णय संविधान अनुसार कार्यान्वयन मात्र गरेको बताइन्।

National Life

२०७७ पुस ५ र २०७८ जेठ ८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद् विघटन भएको थियो, जुन सर्वोच्च अदालतले उल्ट्याएको थियो। सो विषयमा उठेको प्रश्नको जवाफ दिँदै भण्डारीले कुनै दबाबमा नपरी काम गरेको स्पष्ट पारिन्।
उनले भनिन्, “संविधान अनुसार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गरेकी हुँ, इतिहास र संविधानअनुसार छलफल गर्न म तयार छु।”

प्रतिकृया