• २१ असोज २०८३, बुधबार
  • ४ः४६ बिहान

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज, विभिन्न विधेयकमाथि प्रस्ताव पेश हुने

प्रकाशित मिति

२०८२ असार ३१ गते, मंगलवार ०९:५६

असार ३१,२०८२ काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

National Life

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्। बैठकमा लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको २३औं वार्षिक प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची रहेको छ। साथै, सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सुनाउने कार्यक्रमसमेत रहेको छ।

यसैबीच, राष्ट्रियसभाको बैठक आज दिउँसो १:१५ बजे बस्नेछ। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिकृया