• ४ साउन २०८३, सोमबार
  • ११:४० बेलुका

कामना सेवा विकास बैंकद्धारा पशुपति क्षेत्र विकास कोषलाई जुत्ता झोला र टोकन हस्तान्तरण

प्रकाशित मिति

२०८२ असार ३१ गते, मंगलवार १०:०३

असार ३१,२०८२ काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई पाँच हजार थान जुत्ता झोला र एक हजार थान टोकन हस्तान्तरण गरेको छ।

श्रावण महिनामा पशुपतिनाथ मन्दिरमा दर्शनार्थी भक्तजनहरूको अत्यधिक भिड हुने भएकाले जुत्ता चप्पलको व्यवस्थापन चुनौतीपूर्ण बन्ने पृष्ठभूमिमा बैंकले झोला र टोकन सहयोग गरेको हो। हस्तान्तरण कार्यक्रम पशुपति क्षेत्रमै सम्पन्न भएको थियो। कार्यक्रममा बैंकका कर्जा प्रशासन विभाग प्रमुख पर्मा ढुंगेलले कोषका निमित्त सदस्य सचिव सुभाष चन्द्र जोशीलाई सामग्रीहरू हस्तान्तरण गरेका थिए।

Kamana Sewa

निमित्त सचिव जोशीले झोला तथा टोकनको अभाव रहने समयमै प्राप्त भएको यो सहयोगले व्यवस्थापनमा सहजता आउने प्रतिक्रिया दिएका छन्। सो अवसरमा बोल्दै ढुंगेलले बैंकले देशभर १३० शाखामार्फत अत्याधुनिक बैंकिङ सेवा दिँदै आएको जानकारी दिए। उनले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, वातावरणलगायत क्षेत्रमा बैंकले सक्रियता देखाउँदै आएको र यही क्रममा पशुपति क्षेत्र विकास कोषलाई झोला र टोकन हस्तान्तरण गर्ने अवसर पाएकोमा धन्यवाद व्यक्त गरे।

Classic Tech Desktop

प्रतिकृया