• २१ असोज २०८३, बुधबार
  • ४ः४७ बिहान

सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा

प्रकाशित मिति

२०८२ असार ३१ गते, मंगलवार ०९:४१

असार ३१,२०८२ काठमाडौं ।  सबैला नगरपालिकामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा करिब १५ लाख रुपैयाँ भ्रष्टाचार भएको खुलेको छ। आर्थिक वर्ष २०७७/७८ मा किसानलाई धानको बीउ र बाख्रा वितरण गर्ने नाममा विनियोजित बजेट वडाध्यक्षसहितको मिलेमतोमा हिनामिना भएको अख्तियारले जनाएको छ।

National Life

राधा कृषि फार्मको नक्कली बिल प्रयोग गरेर १४ लाख ७७ हजार ५०० रुपैयाँ हिनामिना गरिएको पाइएको हो। अख्तियारले सोमबार विशेष अदालतमा तत्कालीन वडाध्यक्ष दुर्गा प्रसाद रायसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ। पलवी ठाकुर र छोरा रौनित ठाकुरलाई भने भ्रष्टाचार बापतको बिगो असुल गर्न विपक्षी बनाइएको छ।

प्रतिकृया