• ४ साउन २०८३, सोमबार
  • १:४६ बिहान

काभ्रेमा बिपी राजमार्ग तीन स्थानमा अवरुद्ध

प्रकाशित मिति

२०८२ असार ३१ गते, मंगलवार ०९:३४

असार ३१,२०८२ काठमाडौं ।  बिपी राजमार्गको काभ्रे खण्ड तीन स्थानमा पहिरो र लेदोका कारण अवरुद्ध भएको छ। रातीको वर्षासँगै रोशी गाउँपालिका–११ माम्ती, रोशी–९ को खहरे खोलामा र बिरुवाडाँडामा लेदो र भेलबाढी आएपछि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास जारी छ। यसअघि पनि असार १६, २५ र २६ गते पिन्थली क्षेत्रमा सडक अवरुद्ध भएको थियो।

Kamana Sewa

प्रतिकृया