• २१ भदौ २०८३, आइतबार
  • ११ः०३ राती

नागार्जुनका मेयर र बस्नेत र पद्मा कोलोनी सञ्चालक कँडेललाई ८ वर्ष कैद, २६ करोडभन्दा बढी जरिवाना

प्रकाशित मिति

२०८२ असार १६ गते, सोमबार ०८:५६

काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका ८ वर्ष कैद सजाय फैसला गरेको छ। सोमबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले उनलाई प्रमुख जस्तो ओहोदामा बहाल रही उक्त कसूर गरेको देखिन आएकोले थप तीन महिना समेत कैद सजाय हुने ठहर गरेको फैसला गरेको हो।

National Life

‘मोहन बहादुर बस्नेत तथा राजु प्रसाद कँडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम जनही ८ (आठ) वर्ष कैद सजाय हुने ठहर्छ,’ विशेष अदालतको आदेशमा भनिएको छ, ‘सोको अतिरिक्त नगरपालिकाको प्रमुख जस्तो ओहोदामा बहाल रही उक्त कसूर गरेको देखिन आए‌कोले ऐनको दफा २४ बमोजिम ३ (तीन) महिना थप कैद सजाय समेत हुने ठहर्छ।’

प्रतिवादी मोहन बहादुर बस्नेत र घुस दिने पद्मा कोलोनी प्रा.लि, पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. र सो कम्पनीको अध्यक्षरसंचालक राजु प्रसाद कँडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जनही २ करोड ३० लाख ६१ हजार ५ सय आठ रुपैयाँ आठ पैसा जरिवाना हुने समेत फैसला गरेको छ। चारै जना प्रतिवादीहरूबाट सोही बिगो बराबरको रकम जफत हुने समेत उल्लेख छ।

Classic Tech Desktop

सम्पत्ति शुद्धीकरणतर्फ प्रतिवादी बस्नेतले बिगो १३ करोड १२ लाख ७३ हजार ३२ रूपैयाँको सम्पत्ति शुद्धीकरणको कसूर गरेको देखिँदा उनलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम ३ (तीन) वर्ष कैद सजाय हुने, बिगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ जरिवाना हुने र सम्पत्तिरजग्गा समेत जफत हुने अदालतले ठहर गरेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध गत पुस १५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले उनीविरूद्ध सम्पत्ति शुद्धीकरण र घुस लेनदेन मुद्दा दायर गरेको थियो। बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

प्रतिकृया