हालसम्मकै छिटो नेपाल प्रवेश गर्यो मनसुन
प्रकाशित मिति
२०८२ जेष्ठ १६ गते, शुक्रबार ०५:३७
काठमाडौं । यो वर्षको मनसुन असाधारण रूपमा छिटो नेपाल प्रवेश गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, गएरातिदेखि मनसुन पूर्वी नेपाल हुँदै प्रवेश गरिसकेको छ र कोसी प्रदेशका अधिकांश भूभागमा विस्तार भइसकेको छ।
मनसुनसँगै कोसीका विभिन्न क्षेत्रमा मनसुनी वर्षा सुरु भइसकेको छ। महाशाखाले जनाएको अनुसार, नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १३ हो। तर यसवर्ष सो सरदर मितिभन्दा १५ दिन अगावै मनसुन भित्रिएको छ, जुन हालसम्मकै सबैभन्दा छिटो मानिएको छ।
यद्यपि, देशका अन्य भागहरूमा भने मनसुन विस्तार हुन केही दिन लाग्ने मौसमविद्हरूले बताएका छन्। आगामी दिनहरूमा देशभर मनसुनी प्रभाव फैलने अपेक्षा गरिएको छ।

Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया