• २ असोज २०८३, शुक्रबार
  • ७ः३१ बिहान

नेता मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा राखेर उपचार जारी

प्रकाशित मिति

२०८२ जेष्ठ १६ गते, शुक्रबार ०९:२५

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ। उनलाई शुक्रबार बिहान मस्तिष्कघात (स्ट्रोक) भएपछि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरियो।

National Life

अस्पताल स्रोतका अनुसार आलमलाई बिहान करिब ७ बजेतिर मस्तिष्कघात भएको हो। त्यसपछि उनलाई बिहान साढे १० बजे अस्पताल लगिएको थियो। भर्ना गर्दा उनको बोली अस्पष्ट थियो भने शरीरको दाहिने भाग कमजोर अवस्थामा थियो।

चिकित्सकका अनुसार एमआरआई परीक्षणपछि उनलाई एक्युट स्ट्रोक भएको पुष्टि भएको छ। हाल उनलाई आईसीयूमा राखेर औषधि उपचार भइरहेको छ। आलम मधुमेह र उच्च रक्तचापका दीर्घरोगी समेत भएको अस्पतालले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीच, आलमलाई हालै उच्च अदालत वीरगञ्जले एक बम विष्फोटसम्बन्धी ज्यान मुद्दामा सफाइ दिएको थियो। २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटमा भएको विष्फोटपछि बम विष्फोटका घाइतेलाई इँटाभट्टामा हालेर जलाएको आरोपमा उनीविरुद्ध मुद्दा चलाइएको थियो।

प्रतिकृया