• २ असोज २०८३, शुक्रबार
  • ७ः३१ बिहान

१ महिनापछि शेखर कोइराला र गगन थापा बीच भेटवार्ता

प्रकाशित मिति

२०८२ जेष्ठ १६ गते, शुक्रबार ०५:२२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा बीच करिब ११ महिनापछि भेटवार्ता भएको छ। शुक्रबार बिहान कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा दुई नेताबीच संवाद भएको हो।

National Life

पछिल्लो समय दुई नेताबीच सम्बन्ध चिसिएको चर्चा चलिरहेका बेला भएको यो भेटले कांग्रेसभित्रको आन्तरिक समन्वयमा नयाँ संकेत दिएको देखिन्छ।

नेता निकट स्रोतहरूका अनुसार यसअघि पनि विशालनगरमै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागिता विषयमा दुई नेताबीच छलफल भएको थियो। उक्त सन्दर्भमा कांग्रेससहितका सांसदहरूको समर्थनमा गत ३० असारमा ओली प्रधानमन्त्री नियुक्त भएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, पार्टीभित्रको समन्वय र भावी रणनीतिबारे सामान्य छलफल भएको स्रोतले जनाएको छ।

प्रतिकृया