• ३ असोज २०८३, शनिबार
  • ११ः३७ बिहान

तोलाकै ५ हजारले बढ्यो सुनको मूल्य

प्रकाशित मिति

२०८२ जेष्ठ ७ गते, बुधबार १०:४५

काठमाडौं । आज सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

National Life

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६२ हजार ७२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ५ रुपैयाँ कायम भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया