• २ असोज २०८३, शुक्रबार
  • ५ः५७ बेलुका

विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनका कार्यक्रम घोषणा

प्रकाशित मिति

२०८२ बैशाख १९ गते, शुक्रबार १२:२९

वैशाख १९, २०८२ काठमाडौँ: नेपाल शिक्षक महासंघले धोका दिएर सरकारसँग आफ्नो लागि मात्र सम्झौता गरेको आरोप लगाउँदै विद्यालय कर्मचारी परिषदले नयाँ आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

National Life

शिक्षक आन्दोलनमा सँगै रहेको नेपाल विद्यालय कर्मचारी परिषदले शुक्रबार पत्रकार सम्मेलनमार्फत आन्दोलन कार्यक्रम घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गंगाराम तिवारीले नेपाल शिक्षक महासंघले रहस्यमय ढंगले सरकारसँग सम्झौता गरेर विद्यालय कर्मचारी, राहत, बाल विकासलगायतका कोटाका कर्मचारी शिक्षकलाई अलपत्र पारेको आरोप लगाउँदै विभिन्न चरणका आन्दोलनको कार्यक्रम घोषणा गरिएको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले अबको आन्दोलन शिक्षक महासंघविरुद्ध रहने भन्दै परिषदले वैशाख २१ देखि सञ्चालन हुने १२ कक्षाको परीक्षामा कालोपट्टी बाँधेर काम गर्ने बताए ।

आन्दोलनका कार्यक्रमअन्तर्गत वैशाख २१ गतेदेखि जेठ ३ गतेसम्म कार्यक्षेत्रमा कालोपट्टी बाँधेर काम गर्ने, ४ गते ७५३ वटै स्थानीय तहको ध्यानाकर्षण गराउने, ५ गते जिल्ला आन्दोलन परिचालन समिति गठन गर्नेलगायत ९ र १० गते काठमाडौंको माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गर्ने परिषद्को तयारी छ ।

अबको आन्दोलनको मुख्य माग शिक्षक र कर्मचारीबीचको विभेद अन्त्य गराउनका लागि हुने परिषदले जनाएको छ । आन्दोलन परिचालन कमिटीको संयोजकमा बब्बन मिश्र तोकिएका छन् ।

आन्दोलनको झन्डै एक महिनापछि बुधबार राति सरकार र शिक्षक महासंघबीच नौ बुँदे सहमति भएको थियो । सहमतिसँगै शिक्षक आन्दोलन फिर्ता भएको छ ।

प्रतिकृया