• २४ भदौ २०८३, बुधबार
  • ११ः२६ राती

सर्लाहीमा ईद मिलन तथा उर्दू कवि सम्मेलन सम्पन्न

प्रकाशित मिति

२०८१ चैत्र २८ गते, बिहीबार १२:१४

चैत्र २८, २०८१ सर्लाही : सर्लाहीको सदरमुकाम मलंगवामा “ईद मिलन तथा उर्दू कवि सम्मेलन“ भव्य रूपमा सम्पन्न भएको छ । दबिस्तान ए–नेपालको आयोजनामा भएको सो कार्यक्रम बुधबार मलंगवा स्थित होटल सुजातामा सम्पन्न भएको हो ।

National Life

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, पुर्व गृह राज्य मन्त्री मोहम्मद रिजवान अन्सारी, प्रदेश सांसद विमला अन्सारी, पुर्व संघीय सांसद रुहीनाज मिकरानी, राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा.अब्दुल रहिम मिकरानी,

मलंगवा नगरपालिकाका पुर्व उपमेयर शान्ती भन्ने शबनम मिकरानी, मलंगवा नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष चन्देश्वर राय, वडा न–३ का वडाअध्यक्ष प्रमोद राय, मेयर प्रत्यासी शमिमबाबु खान लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी, पत्रकार तथा साहित्यकारहरूको कार्यक्रममा उल्लेख्य उपस्थिति रहेको थियो । उर्दू भाषा र साहित्यको संरक्षण तथा प्रवद्र्धनका लागि आयोजना गरिएको कवि सम्मेलनमा विभिन्न स्थानबाट आएका उर्दू कविहरूले शायरी प्रस्तुत गरी दर्शक स्रोताको मन जितेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा पूर्वगृह राज्यमन्त्री तथा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारी ले भने ,“जबसम्म हाम्रो देशमा सबै भाषा धर्म संस्कृति भेषभूषा र सबै जात जातिको समान अधिकारलाई संविधानमा सुनिश्चित गरिँदैन सबैको सम्मान गरिँदैन तबसम्म देशमा दिगो शान्तिको स्थापना असम्भव रहेको छ“ उहाँले अगाडि थप्नुभयो। भर्खरै मधेस प्रदेश सभामा सरकारले प्रस्तुत गरेको भाषा विधेयकमा सरकारी कामकाजको भाषा कुन भाषालाई मान्ने भन्ने विषयमा त्यहाँ उर्दु र थारु भाषा लगायत बहुसंख्यक जनताले बोल्ने भाषालाई समावेश नगरिएकोमा घोर आपत्ति जनाउनुभएको छ। र सरकारको यो निर्णयको भर्षना र निन्दा गर्नुभएको छ। आउने विधेयकमा यदि उर्दु र थारु भाषा लगायत उत्पीडित जनताका भाषालाई समावेश गरिएन भने आन्दोलन गर्ने। आफ्नो भाषिक अधिकार प्राप्तिको लागि आन्दोलन गर्नका लागि जनतालाई उठ्न आह्वान गर्नुभएको छ।

कविहरूले सामाजिक सद्भाव, प्रेम, भाइचारा तथा शान्तिका सन्देश दिने कविता वाचन गरेका थिए । मलंगवा नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको कार्यक्रमका आयोजक संस्था दबिस्तान ए–नेपालले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिकृया