• २५ भदौ २०८३, बिहीबार
  • १२ः२१ राती

शङ्खुुमा कोन्ज्योसोम गाउँपालिकाको आधारभूत अस्पताल उद्घाटन

प्रकाशित मिति

२०८१ चैत्र २८ गते, बिहीबार १२:४३

चैत्र २८, २०८१ ललितपुर : कोन्ज्योसोम गाउँपालिकाले शङ्खुुमा निर्माण गरिएको गाउँपालिकास्तरीय आधारभूत अस्पताल हस्तान्तरण तथा उद्घाटन भव्यरुपमा सम्पन्न गरेको छ । बागतमी प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले बुधबार अस्पताल भवनको उद्घाटन गर्नुभएको हो ।

National Life

भवन उद्घाटन गर्दै उहाँले गाउँपालिकास्तरीय अस्पताल निर्माण भएसँगै कोन्ज्योसोमबासीले स्थानीय स्त्तरबाटै स्वास्थ्य सेवा सहज र सर्वसुलभरुपमा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेख्य कार्य गरेको स्मरण गर्दै उहाँले आगामी दिनमा अस्पताललाई आवश्यक स्वास्थ्य उपकरण, औषधी, स्वास्थ्य जनशक्ति लगायतका भौतिक पूर्वाधारको काममा बागमती प्रदेश सरकारले आवश्यक समन्वय र सहजिकरण गरिरहने बताउनुुभयो ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले गाउँपालिकाले आधारभूत पालिकास्तरीय अस्पताल निर्माण कार्यमा आफूू निर्वाचित भएदेखि नै निरन्तर क्रियाशिल भएर लागि रहेको र अब गाउँबासीले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने बताउनुुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

सो अवसरमा बागमती प्रदेशका प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख ,गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष, ,निवर्तमान अध्यक्ष, उपाध्यक्ष विभिन्न कार्यालयका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि,स्वास्थ्य संस्थाका प्रतिनिधिको उल्लेख्यरुपमा सहभागिता रहेको थियो ।

हरेक स्थानीय तहमा पाँच, दश र पन्ध्र बेडको आफ्नै पालिकास्तरीय अस्पताल बनाउने सरकारको योजना अनुसार कोन्ज्योसोम गाउँपालिकाले आधारभूूत अस्पताल निर्माण गरेको हो ।

प्रतिकृया