• २६ भदौ २०८३, शुक्रबार
  • २ः५२ राती

काभ्रेमा बस दुर्घटना हुँदा ११ जना घाइते

प्रकाशित मिति

२०८१ चैत्र २८ गते, बिहीबार ०२:००

चैत्र २८, २०८१ काठमाडौँ: काठमाडौँबाट रामेछाप जाँदै गरेको बस काभ्रेको रोशीमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाडौँबाट उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको बस बिहीबार बिहान रोशी गाउँपालिका-९ दाउन्नेस्थित बीपी राजमार्गमा दुर्घटना भएको हो ।

National Life

प्रदेश ३-०१–००६ ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । सबै प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको छ ।

बस चिप्लिएर खाँदबारीबाट काठमाडौँतर्फ आउँदै गरेको मे१ख ३३९४ नं को हाइस पनि ठोक्किएको थियो । हाइसका यात्रु भने सकुशल छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया