• २४ भदौ २०८३, बुधबार
  • १२ः५३ दिउँसो

सुर्खेत उपत्यका नगर विकास समितिका सहायक लेखापाल राना अख्तियारको नियन्त्रणमा

प्रकाशित मिति

२०८१ चैत्र २८ गते, बिहीबार १२:०५

चैत्र २८, २०८१ काठमाडौँ: सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा कार्यरत सहायक लेखापाल खड्कबहादुर रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

National Life

सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयले आर्थिक बर्ष २०७६/७७ देखि २०८०/८१ सम्म संकलन गरेको राजस्व रकम हिनामिना गरेको भन्ने उजुरीका आधारमा आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले रानालाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । रानालाई सम्बन्धित कागजातसहित बुधबार नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको अख्तियारको सूचनामा उल्लेख छ ।

प्रतिकृया