• ५ साउन २०८३, मंगलबार
  • ५:२४ बेलुका

आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

प्रकाशित मिति

२०८१ माघ १८ गते, शुक्रबार ०४:२४

माघ १८, २०८१ काठमाडौँ: भक्तपुर जिल्ला अदालतले आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । आपराधिक उपद्रव गर्न नहुने कसुरमा न्यायाधीश सन्तोष प्रसाद पराजुलीको इजलासले शुक्रबार उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएको थियो । आफूलाई अभियन्ता दाबी गर्ने तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएकी थिइन् ।

Kamana Sewa

सूर्यविनायक नगरपालिकाको जाहेरीको आधारमा प्रहरी वृत्त जगातेले उनीमाथि अनुसन्धान गरेर प्रहरी प्रतिवेदन बुझाएको थियो ।

Classic Tech Desktop

प्रतिकृया