• ५ साउन २०८३, मंगलबार
  • ४:१७ बेलुका

कस्तो छ आजको मौसम पूर्वानुमान ?

प्रकाशित मिति

२०८१ माघ १८ गते, शुक्रबार ०७:५५

माघ १८, २०८१ काठमाडौँ: हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।

हाल कोशी प्रदेश लागयत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Kamana Sewa

आज हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । त्यस्तै तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

Classic Tech Desktop

आगामी २४ घण्टा बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया