• २ असोज २०८३, शुक्रबार
  • ७ः४२ बेलुका

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

प्रकाशित मिति

२०८१ पुष २० गते, शनिबार ०८:२१

पुष २०, २०८१ काठमाडौँ: पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । शुक्रबार राति करिब १० बजे उनको निधन भएको हो। अफिसको नियमित काम सकेर कोठा पुगेपछि अचानक ढलेका पुडासैनीलाई आफन्तले उपचारका लागि हेल्पिङ हन्ड्स अस्पताल, चावहिल पुर्याएका थिए। अस्पताल पुर्याउँनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

National Life

उनको मृत्युको कारण खुल्न बाँकी छ। तर, केही दिनयता उनी बिरामी रहेको आफन्तले बताएका छन् । नेपाल प्रहरी अस्पतालमा पछिल्लो दुई सातादेखि उपचार गराउँदै आएका पुडासैनीले मुटु रोगको औषधि समेत सेवन गरिरहेका थिए । चिकित्सकले अस्पताल नै भर्ना हुन सुझाव दिएको भए पनि पुडासैनीले नियमित चेकजाँच गर्दै कार्यालय जाने\आउने गरेका थिए ।

हाल नेपाल भ्युजमा उपसम्पादकको रुपमा कार्यरत रहेका उनले यसअघि माउन्टेन टेलिभिजन, आज तक, हिमालयन टाइम्स डेली, प्राइभ टेलिभिजन, रेडियो अन्नपूर्ण लगायतका सञ्चार माध्यममा काम गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया