• १९ भदौ २०८३, शुक्रबार
  • ५ः५५ बेलुका

टस जितेर पहिले बलिङ गर्दै जनकपुर बोल्ड्स

प्रकाशित मिति

२०८१ मंसिर २६ गते, बुधबार ०९:४२

मंसिर २६, २०८१ काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले सुरुवातमा ब्याटिङ गर्ने भएको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ड्सले टस जितेर बलिङ रोजेपछि सुदूरपश्चिम रोयल्सले सुरुवातमा ब्याटिङ गर्ने भएको हो ।

शीर्ष स्थानको जनकपुर र एक मात्र खेलमा पराजित भएर दोस्रो स्थानमा रहेको सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने छ । एनपीएल अंक तालिकामा अपराजित जनकपुर चार खेलमा ८ अंकसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम चार खेलमा एक हारसँगै ६ अंकका साथ दोस्रो स्थानमा छ।

Kamana Sewa

जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुँदा सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ।

Classic Tech Desktop

प्रतिकृया