• २० भदौ २०८३, शनिबार
  • ७ः३२ बेलुका

एनपीएलमा आज दुई खेल हुदै

प्रकाशित मिति

२०८१ मंसिर २६ गते, बुधबार ०८:५५

मंसिर २६, २०८१ काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदै छन् ।

आज पहिलो खेल जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुदै छ । यो खेल आज बिहान ९: १५ बजेदेखि शुरु हुदै छ ।

Kamana Sewa

जनकपुरले अहिलेसम्म लगातार चार खेलमा विजयी हुदै शिर्ष स्थानमा रहेको छ । त्यस्तै सुदूरपश्चिम रोयल्सले ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

Classic Tech Desktop

त्यस्तै आज दोस्रो खेल काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुदै छ । यो खेल अपराहन्न १: १५ बजेदेखि शुरु हुदै छ ।

काठमाडौँले अहिलेसम्म ३ खेलमा २ अंकसहित छैटौं स्थानमा रहेको छ भने लुम्बिनीको ५ खेलमा २ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

प्रतिकृया