• २ असोज २०८३, शुक्रबार
  • ५ः५८ बेलुका

म्याद थपका लागि रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

प्रकाशित मिति

२०८१ मंसिर २३ गते, आईतवार ११:४९

मंसिर २३, २०८१ काठमाडौँ: सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्की उपस्थित गराइँदै छ ।

National Life

कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनलाई पछिल्लोपटक थपिएको हिरासत म्याद सकिएकाले आज अदालत लगेर म्याद थप गर्न लागिएको हो ।

उक्त म्याद शुक्रबार रातिनै सकिएको भए पनि हिजो शनिबार परेकाले आज अदालत खुलेसँगै लामिछानेविरुद्ध छेटौँपटक म्याद थप्न लागिएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान नसकिएकाले उनीवरुद्ध फेरि हिरासत म्याद थप्न लागिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रूपमा गोर्खा मिडिया प्रालिमा लगेको भन्दै ग्यालेक्सी टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई प्रहरीले गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो ।

प्रतिकृया